Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेसको शुभकामना कार्यक्रम

हाम्रो कोशी आवाज
माघ ३ २०८१, बिहिबार
कांग्रेसको शुभकामना कार्यक्रम

धरानः नेपाली कांग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बराहक्षेत्र नगरपालिकाको ४ नं. वडा स्थित तल्लो जमटोकीमा कार्यक्रम भएको हो ।
कांग्रेसको क्षेत्र नं. १, सुनसरीले गत वर्षदेखि दशैं, तिहार, छठ, नेपाल सम्वत् र तीजमा जस्तै विभिन्न आदिवासी जनजाति, मधेशी, मुस्लिम लगायतका समुदाय र धर्मवलम्वीहरुको चाडपर्व र उत्सवहरुमा पनि शुभकामना आदान–प्रदान, चियापान र सांस्कृतिक कार्यक्रम लगायत विविध गतिविधिहरु गरेर मनाउन थालेको छ ।
नेपाल बहुभाषिक, वहुधार्मिक र बहुसांस्कृतिक देश भएको तथा देश झैं दलपनि जनताको साझा नै हुने हुंदा हरेक नेपाली समुदायको मौलिक एवम् परम्परागत चाड, पर्व, उत्सव, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने तथा मनाउने र यसका माध्यमवाट समाजमा भाइचारा, एकता, सद्भाव र सहिष्णुता वृद्धि गर्ने मुख्य दायित्व राजनीतिक दलको पनि उत्तिकै भएको भन्दै यसैका निम्ति विविध कार्यक्रम गरी सबैको चाडपर्व मनाइएको क्षेत्रीय सभाति सुजेन्द्र तामाङले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले जातजाति, भाषाभाषी र धर्मवलम्वीहरुको विभिन्न चाडहरुलाई मनाउने कार्य शुरु गरेर क्षेत्रीय समितिले प्रशंसनीय कार्य गरेको बताए । उनले अहिले कांग्रेस र एमालेको गठबन्धन सरकार भएकाले आगामी बजेटमा विकास निर्माणका योजनाहरु के कस्ता छन् प्रकृयागत रुपमा पेश गर्न सुचित गर्दै क्षेत्र नं. १ सुनसरीलाई उच्च प्राथमिकतामा राखेर आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।
विशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति एवम् ईनरुवा नगर प्रमुख केदार भण्डारीले कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले महामानव वी.पी. कोइरालाले भने बमोजिम जनता र समुदायको मन छुने कार्य गरेको बताए ।
अर्का वक्ता नेपाली कांग्रेसका जिल्ला सचिव माधव घिसिङले कांग्रेसले गतवर्षदेखि फरक शैलीमा समुदायको पहिचानमा टेवा पुग्ने गरी कार्यक्रम गरेको बताए ।
बराहक्षेत्र नगर प्रमुख तथा सभापति रमेश कार्कीले चाडपर्वका अवसरमा गरिएको कार्यक्रमले समाजमा एकता र सद्भावको सन्देश जाने बताउंदै शुभकामना व्यक्त गरे ।
महासमिति सदस्य श्यामा रेग्मीले कार्यक्रमले जातिय संस्कृतिलाई संरक्षण र प्रवद्र्धन हुने भन्दै यसको निरन्तरता हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी महासमिति सदस्य जगत कार्कीले क्षेत्रीय समितिले उत्कृष्ट कार्यक्रम गरेको भन्दै क्षेत्रले अब घुम्ती बैठक गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका प्रदेशसभा १(२) सभापति मुरारी भट्टराईले नेपाली कांग्रेसले सबैको चाडपर्वका अवसरमा कार्यक्रम गरेर जनताको साझा पार्टी भएको पुष्टि गरेको बताए ।
महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेतले विभिन्न जातजाति भाषाभाषी र धर्मावलम्वीहरुका चाडपर्वमा कार्यक्रम हुनु सुन्दर पक्ष भएको भन्दै पार्टी विधान र पद्धतिले चल्नुपर्ने तथा कार्यकर्ताको मूल्यांकन सही हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका क्षेत्रीय सल्लाहकार तथा नेता काशीराम चौधरीले शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसले सबै जातजाति र समुदायको महान् पर्वहरुमा कार्यक्रम गरेर सबैलाई एकताको सुत्रमा बांध्ने कार्य गरेको बताए ।
नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण चौधरीले नेपाली कांग्रेसले माघीको अवसरमा सांस्कृतिक कार्यक्रम र चियापान सहित शुभकामना आदान–प्रदान कार्यक्रम राखेर थारु समुदायको सम्मान गरेको बताए ।
नेपाली कांग्रेसका क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले राजनीतिक पार्टीको तर्फवाट पहिलो पल्ट गत वर्षदेखि सम्बन्धित समुदायलाई निम्तो गरेर उनीहरुको विशेष मौलिक चाडपर्वहरुमा विशेष कार्यक्रम गर्न थालिएको बताए ।
थारुकल्याणकारीणी सभा सुनसरीका उपाध्यक्ष जानकी चौधरीले थारु समुदायको महान पर्व माघीलाई राजनीतिक दलस्तरवाट नेपाली कांग्रेसले गत वर्षदेखि मनाएर थारु समुदायको आत्मसम्मानलाई बढाएको बताईन ।
त्यसैगरी बराहक्षेत्र वडा नं. ५ का वडा अध्यक्ष रोहित काप्mलेले क्षेत्रीय समितिले गतवर्ष देखि सञ्चालन गरेको सांस्कृतिक र सामाजिक गतिविधिले पार्टीको छवि उच्च भएको भन्दै भातृ एवम् शुभेच्छुक संघसंस्थाको भूमिकालाई प्रभावकारी बनाउन ठोस कार्यक्रम गर्न समेत आग्रह गरे ।
कार्यक्रममा थारु र मगर समुदायको विविध सांस्कृतिक नृत्य र झांकी प्रस्तुत गरिनुका साथै जातीय खाद्य परिकार समेत खुवाइएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा कोशी प्रदेश सदस्य माननीय ममता तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, जिल्ला सदस्य प्रदिप बस्नेत, नेपाल दलित संघका प्रदेश सभापति गोविन्द दर्नाल, क्षेत्रीय सदस्य प्रदिप राई, उमेश पौडेल, कमला रुचाल, क्षेत्रीय सल्लाहकार रामराज महत, नेपाल तामाङ संघका केन्द्रीय सदस्य तथा बराहक्षेत्र–३ का वडा अध्यक्ष राजदीप लामा, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, सहसचिव रमिता श्रेष्ठ, प्रदेश सम्मेलन सदस्य कुसुम ओली, नेपाल किसान संघ प्रदेशसभा १(२) सभापति शिव कार्की, बराहक्षेत्र नगर उपसभापति जितबहादुर कार्की, सचिव प्रतिक राई, धरान नगर सचिव जितेन्द्र राई, नेपाल तामाङ संघका सुनसरी सभापति मनोज तामाङ, बराहक्षेत्र २ का सभापति अमर कटवाल लगायतका नेताहरुको उपस्थिति र सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए ।

प्रकाशित मिति: माघ ३ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend