Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हुने अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको खेल तालिका सार्वजनिक, धराने टिम पनि जित्ने लक्ष्यका साथ तयार

हाम्रो कोशी आवाज
माघ ६ २०८१, आइतबार
धरानमा हुने अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको खेल तालिका सार्वजनिक, धराने टिम पनि जित्ने लक्ष्यका साथ तयार

धरानः धरानमा हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप तयारी धमाधम भइरहेको छ ।
यसैबीच क्लबले आइतबार खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो खेल सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज र ४ पटकको बिजेता पुलिस क्लबबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा साविक विजेता एनआरटी, आयोजक धरान फुटबल क्लब, भारतको युकेएफसी, भुटानको आरटिसी एफसी, इटहरीको राजा क्लब, झापाको केएफटीसी, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड गरी कुल ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ भने उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ हात पार्नेछ । २०५५ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणमा दोस्रो भएको आयोजक धरान फुटबल क्लब भने सबैभन्दा बढी पाँच पटक उपविजेतामा चित्त बुझाउँदै आएको छ । यसपटक जित्ने लक्ष्यका साथ टोली तयार भएको अध्यक्ष तामाङको दावी छ ।
विसं.२०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २ वर्ष रोकिए पनि त्यसपश्चात निरन्तर भइरहेको अध्यक्ष प्रताप बताउँछन् । धरान उपमहानगरपालिका १६ रङ्गशालामा हुने प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद १ लाख र प्रत्येक खेलको म्यान अप दि म्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउनेछन् ।
आयोजित यस प्रतियोगिता ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने, १ करोड २ लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नविन राईले बताए ।
एन्फा खेल सुचिमा गोल्डकप (‘क’ श्रेणी) को मानिएको प्रतियोगिताको संयोजक धरान उपमहानगरपालिका आयोजक धरान फुटबल क्लब, मुख्य प्रायोजक टुवोर्ग बियर, सह–प्रायोजक रेडबुल तथा आइएमई धरानका साथै क्वालिटी नुडल्स इण्डष्ट्रिज प्रा.लि., विराटनगर (टेस्टि टेस्टि चाउचाउ) रहेको पनि आयोजकले जनाएको छ ।
त्यस्तै अन्य विशेष सहयोगीहरुमा कोशी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, धरान युके हेल्पिङ हेण्डस्, हङकङ नेपाली महासंघ हङकङ, धरान–८ समाज, हडकड,धरान–१७ समाज, हडकड, धरान युथ एशोसिएसन, हङकङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एन प्याब्सन सुनसरी, सुनसरी उद्योग वाणिज्य संघ, धरान हेल्पिङ हेण्डस् यु.ए.ई), धरान बहराइन एकता समाज, बहराइन, खेलकुद विकास बोर्ड कोशी प्रदेश, विराटनगर, एन्फा, धरान समाज, युके, धरान हङकङ मञ्च, हङकङ, धरान फुटबल क्लब, हडकड, धरान–१० समाज, हडकड, चौकीबारी समाज, हङकङ, धरान बहराइन एकता समाज बहराइन, नेपाल प्रहरी स्कुल, धरान–१३, प्याब्सन, सुनसरी, नेपाल रेडक्रस सोसाइटी धरान, नेपाल पत्रकार महासंघ सुनसरी रहेका छन् ।

प्रकाशित मिति: माघ ६ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend