धरानः धरानमा मिनी ट्रकको ठक्करले एकजनाको मृत्यु भएको छ ।
धरान–११ मा मिनी ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ८६ वर्षीय वीरबहादुर विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
धरान–११ सीमाना चोक प्रेमपथमा रहेको भित्री सडक खण्डमा कुर्विताचोक बाट सीमानाचोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले पैदलमा सवार रहेका विश्वकर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । मिनी ट्रक र चालक धरान–८ बस्ने ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उलंघन (चालकले ध्यान नदिँदा) कारण सो दुर्घटना भएको प्रहरीले जनाएको छ।