Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान जेसीजमा विदुर थापा आए

हाम्रो कोशी आवाज
माघ ७ २०८१, सोमबार
धरान जेसीजमा विदुर थापा आए

धरान: धरान जेसीजको वर्ष २०२५ को अध्यक्षमा विदुर थापा पदस्थापित भएका छन् । माघ ५ गते सम्पन्न पदस्थापन कार्यक्रममा सन् २०२४ की अध्यक्ष आयुष्मा शाक्यले नव निर्वाचित अध्यक्ष विदुर थापालाई पदस्थापन गरेकी हुन् । साथै उक्त कार्यक्रममा जुनियर जेसीजकी २०१४ की अध्यक्षले प्रेसिका निरौलाले नवनिवाचित अध्यक्ष प्रदोस अधिकारीलाई पद हस्तान्तरण गरेका थिए ।
सन् २०२५ धरान जेसीजले स्वर्ण जयन्ती मनाउने वर्ष भएकाले वर्ष भरिनै स्थानीय तह, विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरुको आयोजना गरिने अध्यक्ष थापाले बताए । जेसिज स्वर्ण जयन्ती स्तम्भ, जेसीज चौतारी निर्माण गरिनुका साथै ट्रट तथा स्फेसिफिक ट्रट तालिम सम्पन्न गर्ने प्रतिवद्धता समेत थापाले व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले स्वर्ण जयन्तीको लोगो अनावरण गरे। नेपाल जेसीजका उपाध्यक्ष सुमित्रा भट्टराइ सहितबाट एक्सन स्मारिका लोकार्णपण गरिएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष आशिजराज यादवले नव निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । पुरस्कार निर्णायक समितिका अध्यक्ष मणिराज अधिकारीले यस वर्ष आफुले गरेको कामको रकर्ड भएको स्क्राप वुक बुझाएर उत्कृष्ट हुनेहरुको नाम घोषण गरेपछि पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले नव नियुक्त अध्यक्षलागायत सम्पूर्ण पदाकिारीलाई शुभकामना र निवर्तमान हुनु भएका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । जेसीज एक व्यवस्थापनमा उत्कृष्ट संस्था भएको र यसले जेसीजमा आवद्ध यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा खुशी व्यक्त गरेका थिए । जेसीजे नगरमुखी भएको देखिएकाले यसले दुर्गम पहाडि र हिमाली भेगमा शाखा खोलेर त्यस क्षेत्रका यूवाहरुको नेतृत्व र व्यक्तित्व विकास पनि काम गर्न सुझाव दिएका थिए ।
उक्त कार्यक्रममा निर्वाचित पदाधिकारीहरुमा कार्यकारी उपाध्यक्षमा तोर्ण बहादुर कार्की र राजु फुयल, उपाध्यक्षमा सुरक्षारत्न नेपाली, विश्व विकास राई, श्रद्धा जोशी, इजाक खड्काले पनि पद् ग्रहण गरेका छन् । धरान जेसीज वर्ष २०२५ को २५ जनाको वोर्डमा धरान जेसीजको विधानले दिएको अधिकार प्रयोग गरेर अध्यक्ष विदुर थापाले महासचिवमा शुभम् शाक्य, कोषाध्यक्षमा राजेन्द्र रिजाल, कानूनी सल्लाहकारमा सागर प्रसाईलाई नियूक्ति दिएका थिए । त्यस्तै अध्यक्ष सल्लाहकारमा प्रतिक श्रेष्ठ, सचिवमा कापुङ्‌ राई , स्वर्ण जयन्ती संयोजक ऋषिराम भट्टराई, तालिम निर्देशक अनिल श्रेष्ठ, शाखा सम्पादक पुनम कुमारी शाह, सञ्चार संयोजक धनु श्रेष्ठ, पर्यटन प्रवर्द्धन संयोजकमा लोकेन्द्र श्रेष्ठ, प्रकरण निर्देशक राजु श्रेष्ठ, संघसंस्था समन्वय संयोजकमा पूजा अग्रवाल, आइटी संयोजकमा शशांक पोख्रेल, खेलकुद तथा स्वास्थ्य संयोजकमा रमेश रपाल, यूवा कार्यक्रम संयोजकमा रिमा थापा मगर, रे एण्ड रे अफिसरमा समिता श्रेष्ठ, तालिम निर्देशक अनिल श्रेष्ठलाई मनोनयन गरेका थिए ।
कार्यक्रममा धरान जेसीजका महासचिव लोकेन्द्र श्रेष्ठले सन् २०२४ को प्रतिवेदन डिजिटल भिडियो मर्फत प्रस्तुत गरेका थिए। धरान जेसीजका सन् २०२४ का अध्यक्ष आयुष्मा शाक्यले आफ्नो कार्यकाल उपलब्धि मुलक भएको जानकारी गराउँदै सहयोगी साथ र हातहरु र धरान जेसीज बोर्डलाई समेत धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा विभिन्न शाखाका अध्यक्ष लगायत पदाधिकारीहरु र विभिन्न संघ संस्थाका प्रतिनिधि हकको बाक्लो सहभागिता रहेको थियो ।
धरान जेसीजको मातृ शाखा विराटनगर जेसीजका अध्यक्ष प्रितेस राज दाहालले मन्तब्य व्यक्त गरे। कार्यकम संचालन धरान जेसीजका महासचिव लोकेन्द्र श्रेष्ठ र पूर्व अध्यक्ष मानभगत चाम्लिङ्गले गरेका थिए।

प्रकाशित मिति: माघ ७ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend