Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङ गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरे

हाम्रो कोशी आवाज
माघ ८ २०८१, मंगलबार
धरानका मेयर हर्क साम्पाङ गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरे

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै खाली गाग्री बोकेर काठमाडौँ पुगेपछि सिंहदरबार छिर्न लाग्दा प्रहरीले रोकेको छ । उनी प्रहरीलाई गाग्री बुझाएर सिंहदरबार छिरेका छन् ।
सिंहदरबार निषेधित क्षेत्र पनि परेको र प्रहरीले यस्ता सामान सिंहदरबारमा लान निषेध गरिएको हुनाले रोकिएको जनाएको छ । गाग्री प्रहरीलाई बुझाइसकेपछि उनी सिंहदरबार छिरेका छन् । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै उनी खाली गाग्री लिएर सिंहदरबार पुगेका हुन् ।
आफूले लोकप्रियताका लागि सिंहदरबार आइनपुगेको बताउँदै जनताको माग लिएर सिंहदरबार छिरेर प्रधानमन्त्री, मन्त्रीहरूको ध्यानाकर्षण गराएको बताएका छन् ।
चुनावी एजेन्डाअनुसार पाँच वर्षभित्र धराने जनतालाई भरपर्दो मात्रामा अर्थात् दीर्घकालीनरूपमा पानी खुवाउने भन्दै उनी लागिपरिरहेकै छन् । कोशीको पानी ल्याइछाड्ने आफ्नो लक्ष्य, सपना र महत्वपूर्ण त चुनावी एजेन्डा नै रहेको उनी बताउँछन् ।
आइतबार दिउँसो भानुचोकमा रित्तो गाग्री लिएर पुगेका उनी सोमबार काठमाडौं पुगेका हुन् भने मंगलबार सिंहदरबार छिरेका हुन् ।
आफूले खानेपानीमा सुधारका लागि श्रम अभियानबाट कोकाहा भन्दा अगाडि पकुवा, सर्दु–खुर्द, निशाने खोला, भालु खोलाको मुहानमा ट्याङ्की बनाएर पाइप जोडेर धरानको खानेपानी समस्याको केही हदसम्म भएपनि सुधार्ने कोसिस गरिरहे पनि सरकारले आश्वासन मात्रै बाँडेको उनको भनाइ छ ।

प्रकाशित मिति: माघ ८ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend