धरानः राष्ट्रिय फुटबल टिमकी गोलरक्षक क्याप्टेन एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ को विदेश गरिएको प्रिमियर शो पछि अब नेपालमा पहिलो धरानमा ग्राण्ड प्रिमियर शो हुने भएको छ ।
चर्चित निर्देशक मिलन चाम्सद्वारा निर्देशीत महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक क्याप्टेन एञ्जिलाको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ को विदेश प्रिमियर शो पछि अब नेपालमा पहिलो धरानमा ग्राण्ड प्रिमियर शो हुने भएको छ ।
प्रिमियर धरानमा गर्ने भनेर निर्माता प्रेम कुमार श्रेष्ठले मिति टुंगो नलागेको बताए । पछिल्लो समय हङकङमा प्रिमियर गरिएको चलचित्र ‘अञ्जीला’ विशेषगरी चलचित्रकी मुख्य कलाकार अन्जिला तुम्बापोको घर निर्माणको लागि भनिएपनि निर्माण गरिने सो घरलाई अन्जिलाले फुटबल एकेडेमीको रुपमा सञ्चालन गर्ने निर्देशक चाम्सले जानकारी दिएका छन् ।
चलचित्रको प्रमुख अभिनेत्री एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।
चलचित्रमा एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता प्रेमकुमार श्रेष्ठले पनि सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।