Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा औषधि पसलमा लागूऔषध बिक्री गर्ने गरेको सुइँको, श्रीमान-श्रीमती समातिए

हाम्रो कोशी आवाज
माघ १५ २०८१, मंगलबार
धरानमा औषधि पसलमा लागूऔषध बिक्री गर्ने गरेको सुइँको, श्रीमान-श्रीमती समातिए

धरानः धरानमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ०३ गौधारास्थित यज्ञ श्रेष्ठको भुईतलामा सटर भाडामा लिई वनेम मेडिकल सञ्चालन गर्दै आएका सञ्चालक र उनकी श्रीमती पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सञ्चालक ४१ वर्षीय सुरज वनेम र उनकश्री श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
मेडिकलमा लागूऔषध र नियन्त्रित औषधि बिक्री वितरण गर्ने गरेको भन्ने सुइँको पाएको प्रहरीले कानुन बमोजिम खानतलासी गर्दा कार्टुनभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध फेला परेको र बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो कार्टुनभित्र लागूऔषध ट्रामोल– ५० (पचास) लेखिएको २ सय पत्तामा २ हजार चक्की र प्रतिबन्धित औषधि स्पासपेन ७ सय ९३ पत्तामा ७ हजार ९ सय ३० चक्कीसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि इलाका प्रहरी कार्यालय धरानमा लगी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैगरी धरान–८ का ३१ वर्षीय सन्तोष परियार र उनकी श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट ट्रामोल ५३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । –शीर्षक परिमार्जन गरिएको छ ।

प्रकाशित मिति: माघ १५ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend