Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेमा पुनरागमनको संकेत !

हाम्रो कोशी आवाज
माघ १८ २०८१, शुक्रबार
धरानमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेमा पुनरागमनको संकेत !

धरानः पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले धरानमा नेकपा एमाले नेता तथा कार्यकर्तासँग भेटघाट गरेकी छिन् ।
विराटनगरबाट सोझै धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजले आयोजना गरेको डेल्टा ५ को उद्घाटन गरिसकेपछि उनी धरान–१५ बरगाछीनजिकै रहेको धरान किचनमा भेटघाट कार्यक्रममा सहभागी भएकी हुन् ।
उनले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने खालको भएको बताउँदै अहिलेको पुस्तामा कुर्न सक्ने क्षमता कम भएको बताइन् । यस विषयमा अग्रजहरुले सोच्ने बेला आएको उनले बताइन् । उनले भनिन्, ‘अहिलेको नयाँ पुस्ता अत्यन्त तीव्र गतिमा हिँड्न चाहन्छ, हामी जुन पर्खिने धर्यता राख्थ्यौ, अहिलेको पुस्तामा त्यो खालको धर्यता छैन ।’
राजनीतिक दलका जिम्मेवार नेताहरूलाई देशको स्थितिको बारेमा राम्रै छलफल गर्न उनले अपिल गरिन् । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, कवयित्री कुन्ता शर्मा लगायतका नेताहरूको सहभागिता थियो ।
उनले विराटनगरमा आयोजित कार्यक्रममा आफ्नो राजनीतिक जीवन प्रारम्भ सोही स्थानबाट भएको बताउँदै पुराना साथी र नयाँ पुस्तासँग भेट गर्ने उद्देश्यले पूर्व आएको जानकारी दिएकी थिइन् ।
एमालेको एउटा समूह पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी अध्यक्ष बनाउने उद्देश्यसहित भित्राभित्रै सक्रिय रहेको भनिएको बेला जारी भेटघाटलाई अर्थपूर्ण र सामान्यरुपमा लिन नहुने कतिपयको तर्क छ । कतिपय एमालेकै नेता कार्यकर्ताहरूले पनि स्पष्टैरुपमा राजनीतिमा उनको पुनरागमनसँग पनि हेरिएको जनाएका छन् ।
उनले युवापुस्ताको माग र मनस्थितिलाई सम्बोधन गर्न नसक्दा रोजगारी र शिक्षाको लागि विदेशिने क्रम उच्च रहेकोसमेत बताइन् ।

प्रकाशित मिति: माघ १८ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend