Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मैले पनि लेख्न सिकें, धरानको विष्णु स्कुलमा अक्षरारम्भ गराउँदै सरस्वती पूजा धुमधाम (७५ तस्वीरहरूसहित)

हाम्रो कोशी आवाज
माघ २१ २०८१, सोमबार
मैले पनि लेख्न सिकें, धरानको विष्णु स्कुलमा अक्षरारम्भ गराउँदै सरस्वती पूजा धुमधाम (७५ तस्वीरहरूसहित)

धरानः धरानमा पनि सरस्वती पूजा मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको सोमबार धरान–९ स्थित विष्णु स्कुलले पनि धुमधामका साथ मनाएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष वेनिन्द्र कटवाल, प्रिन्सिपल निलमकुमार श्रेष्ठलगायत अध्यापक, विद्यार्थीहरूको उपस्थितिमा धुमधामका साथ पूजाआजा पनि गरिएको थियो ।
विद्यालयले सरस्वती पूजा मनाउनुका साथै अक्षरारम्भ समेत गराइएको थियो । कार्यक्रममा अभिभावक साना–साना बालबालिकासँगै उपस्थित थिए । विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिका पढ्नमा तीक्ष्ण हुने विश्वास छ । बालबालिकाहरुले मन्दिरमा ‘कखरा’ र ‘एबीसीडी’ लेख्न सिकेका छन् ।
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना गरिन्छ ।
सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी देवी सरस्वरीको पूजाआज गरिन्छ । वसन्त ऋतु सुरु भएसँगै यो पर्व आउने भएकाले वसन्तपञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ ।
आजकै दिनबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र वुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
तस्वीरहरूः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ २१ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend