Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेज सरस्वती पूजा हर्षोल्लास, ३९ विद्यार्थीले गरे अक्षरारम्भ (४६ तस्वीरसहित)

हाम्रो कोशी आवाज
माघ २१ २०८१, सोमबार
धरानको युएन, नवोदय कलेज सरस्वती पूजा हर्षोल्लास, ३९ विद्यार्थीले गरे अक्षरारम्भ (४६ तस्वीरसहित)

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा पनि सरस्वती पूजा धुमधामसाथ मनाइएको छ । विद्यार्थीको भव्य उपस्थितिमा विद्या खानीकी देवी सरस्वती माताको सोमबार पूजाआजा गरी मनाएका हुन् ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिपल डम्बरकुमार तुम्बापोलगायतले उपस्थित विद्यार्थीलाई टिका लगाइदिएका थिए ।
कलेजका अक्षरारम्भ समेत गराइएको छ । आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ । स्कुलमा करिब ३९ जना विद्यार्थीले अक्षरारम्भ गरेको स्कुल इन्चार्ज निरकुमार राईले जानकारी दिए । ‘खासमा हामीले सोचेंको पनि ३५ देखि ४० जनासम्मकै थियो, हालसम्म ३९ जना साना कक्षामा प्रवेशका लागि अक्षरारम्भ गरेका छन् ।’ स्कुलले नयाँ भर्ना निःशुल्क गराएको उनले जानकारी दिए । अभिभावक साना, साना बालबालिकासँगै उपस्थित थिए ।
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास छ । आजकै दिनबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
यस दिन विवाह, ब्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई अक्षरराम्भ गर्नुका साथै नाक, कान छेडिदिने पनि गरिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र वुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ २१ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend