धरानः धरान–६ स्थित पानबारीमा प्रहरीले गाँजा फेला परेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान साढे २ बजे धरान उपमहानगरपालिका–६ पानमारास्थित जंगलमा सेउती पुलमा बा१५च ७६३३ नम्बरको गाडीसहित बेवारिसे अवस्थामा राखिएको ४१० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
सो गाँजा कसले राखेको हो भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका–६ स्थितबाट बेवारिसे अवस्थमा सुटकेभित्र राखेको १९ किलो गाँजा बरामद गरेको छ ।
उता झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागूऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २१ गते लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका ताप्लेजुङ सिदिङवा गाउँपालिका–३ का २२ वर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।