Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपः शनिबार हुने फाइनलमा एनआरटी र चर्च ब्वाइज युनाइटेड भिड्ने

हाम्रो कोशी आवाज
माघ २४ २०८१, बिहिबार
धरानमा अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपः शनिबार हुने फाइनलमा एनआरटी र चर्च ब्वाइज युनाइटेड भिड्ने

साविक विजेता न्युरोड टिम एनआरटी धरानमा जारी २५ औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार धरान रंगशालामा भएको खेलमा युनाइटेड खर्साङ क्लब (युकेएफसी) लाई ३-१ गोलअन्तरले पराजित गर्दै एनआरटी फाइनलमा प्रवेश गरेको हो । खेलमा सुरुआती अग्रता पनि एनआरटीले नै लिएको थियो ।
खेलको २८औँ मिनेटमा शिशिर लेखीले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३१औँ मिनेटमा युकेएफसीका लागि हेमराज भुजेलले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।
तर, खेलको ४५औँ मिनेटमा प्रदीप बुढाथोकीले गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाएका थिए । पहिलो हाफमा २-१ को अग्रता लिएको एनआरटीले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
खेलको ७६औँ मिनेटमा प्रदीप बुढाथोकीले व्यक्तिगत दोस्रो गोल गरेपछि एनआरटी ३-१ गोलअन्तरको जित निकाल्न सफल भएको हो । खेलमा म्यान अफ दी म्याच एनआरटीका शिशिर लेखी घोषित भए । जितसँगै एनआरटी लगातार दोस्रोपटक बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ । एनआरटीले अब उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि भुटानको आरटीसी फुटबल क्लबलाई ७-० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगेको थियो । बुढासुब्बा गोल्डकफको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: माघ २४ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend