Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यलम्बर बास्केटबल, झुनाज फिटनेसले चुम्यो उपाधि

हाम्रो कोशी आवाज
माघ २४ २०८१, बिहिबार
धरानमा यलम्बर बास्केटबल, झुनाज फिटनेसले चुम्यो उपाधि

धरानः यलम्बर क्लबको आयोजनामा आयोजित दोस्रो यलम्बर रनिङ कपको उपाधि झुनाज फिटनेसले चुमेको छ ।
बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा झुनाज फिटनेसले युवा जागृति क्लवलाई ६०–५२ अंकले पराजित गर्दै दोस्रो संस्करणको उपाधिमाथि कब्जा जमाएको हो । खेलको पहिलो क्वाटरमा ९–१८ अंकको अन्तरले झुनाज फिटनेस पछि परेको थियो । दोस्रो र तेस्रो क्वाटरमा झुनाजले २०–१३ र १७–६ अंकको अग्रता बनाउँदै खेलमा फर्किएका थियो । चौथो क्वाटरमा भने युवा जागृतिले १५–१४ अंकको अग्रता बनाएका थिए ।
झुनाज फिटनेस उपाधिसँगै नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता युवा जागृति क्लबले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरयो । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि झुनाज फिटनेसका सर्वोधन राइले पाए । उनले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत २२ अंक समेत जोडेका थिए । उनले उपाधिसँगै नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
फाइनल म्याचको म्यान अफ द म्याच युवा जागृतिका कैलाश लिम्बू घोषित भए । उनले नगद ५ सय, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष किरण लिम्बू, प्रमूख अतिथि कोशी प्रदेशका सांसद विजयकुमार राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार एवं युवा नेता भीमज्वाला राई, नेपाल बास्केटबल संघ केन्द्रीय सदस्य रोशन राई, धरान–८ हङकङ समाजका सचिव भीम राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
माघ १८ गते देखि सुरु भएको प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका थिए । यलम्बर खेल मैदानमा सम्पन्न प्रतियोगितामा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको थियो । पहिलो संस्करणमा आयोजक यलम्बर क्लबले उपाधि जितेको थियो भने तरहरा बास्केटबल टिम उपविजेता रहेको थियो ।

प्रकाशित मिति: माघ २४ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend