धरानः धरानमा लागूऔषधसहित युवा पक्राउ परेका छन् ।
युवाकै घरमै लागूऔषध फेला परेपछि उनी पक्राउ परेको अस्थायी प्रहरी चौकी जोरसखुवाका प्रहरी हवल्दार हेमराज सुवेदीले जानकारी दिए । पक्राउ पर्नेमा पुलचोक निवासी २० वर्षीय निशान तामाङ रहेका छन् ।
धरान–१६ पुलचौकमा लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली पुग्दा उनको कोठामा लागूऔषध ट्रमाडोल–१८२ क्याप्सुल र प्रतिबन्धित औषधि स्पासपेन–१८२ चक्की फेला परेको प्रहरीले जनाएको छ ।
उनीमाथि इलाका प्रहरी कार्यालयमा लगेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।