Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आज राष्ट्रपति रामचन्द्र पौडेल आउने

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०८१, शुक्रबार
धरानमा आज राष्ट्रपति रामचन्द्र पौडेल आउने

धरानः धरानमा राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन् ।
धरान–९ स्थित राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न उनी धरान आउन लागेको धरान–९ का वडाध्यक्ष रुपेश आचार्यले जानकारी दिए ।
राष्ट्रपति पौडेलले धरान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
उनले धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला, स्वर्ण स्तम्भ र गोपी स्मारक ध्यान साधनालयको समुदघाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शैलेशकुमार आचार्यले जानकारी दिएका छन् ।
मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको समेत उदघाटन हुनेछ ।
धर्मशाला ३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्मन्न गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । धर्मशालामा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने उनले बताए ।

प्रकाशित मिति: फाल्गुन ९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend