धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा सेफ कम्पिटिसन आयोजना भएको छ ।
बिहीबार कलेज परिसरमा सेफ कम्पिटिसन आयोजना भएको हो । कक्षा–१२ का विद्यार्थीबीच इन्टर सेक्सन सेफ कम्पिटिसन आयोजना भएको होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले जानकारी दिए ।
खानेकुरा बनाएर विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले पकाउने तरिका, पकाएर बनाउने साथै सजाउने तरिका फरक बनाएको र त्यसैको आधारमा पहिलो, दोस्रो र तेस्रो छनौट गरिएको उनले जानकारी दिए । हरेक वर्ष १२ होटेल म्यानेजमेन्टका विद्यार्थीबीच यस्तो कम्पिटिसन आयोजना हुँदै आएको उनले जानकारी दिए ।
प्रतियोगितामा क्रमशः निशाहाङ्मा लिम्बू, मनोज राई, आलिया राई क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । ११–१२ मा सिकेका कुराहरुको टेस्ट साथै विद्यार्थीलाई पढाइका साथै व्यवहारिक ज्ञान दिने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।
युएन, नवोदय कलेज प्रदेश १ मै ‘ब्राण्ड कलेज’ का रुपमा स्थापित छ । विशेषतः होटल म्यानेजमेण्ट र बिएचएममा नतिजाकै कारणले पनि कलेज ब्राण्ड बन्न सफल बनेको हो ।
यसैबीच होटेल म्यानेजमेन्टमा फेरि पनि युएन कलेजको ऐतिहासिक नतिजा हासिल गरेको छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा बिहीबार प्रकाशित होटेल म्यानेजमेन्ट स्नातक दोस्रो सेमेष्टरको फाइनल परीक्षामा क्रमश ३.८६ , ३.७९ र ३.७८ एसजिपिए प्राप्त गरी युएन कलेजका विद्यार्थीहरु कुसुम राई, रिश्ता तुम्बापो र युन्छोहाङ लिम्बू कोशी प्रदेश प्रथम, द्वितीय र तृतीय बन्न सफल भएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
उनीहरूलाई नगद रु. २५ हजार, १५ हजार, १० हजारसहित सम्मान पत्रद्वारा सम्मानित गरिने उनले जानकारी दिए ।