धरानः धरान–१५ बाट युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
धरान–१५ निराजन बस्तीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले युवाहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
धरान–१५ का २३ वर्षीय मन्दिप राईको घर कोठामा कानुन बमोजिम चेकजाँच गर्दा लागूऔषध ट्रामाडोल ७८५ ट्याब्लेट र स्पास्पेन ८३५ ट्याब्लेट गरी जम्मा १६२० ट्याब्लेटसहित उनीलगायत २५ वर्षीय सन्दीप राई, धरान–१४ बस्ने २२ वर्षीय करण थापा समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।