Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि फेरि दौडिँदैछ धरान

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०८१, शुक्रबार
भोलि फेरि दौडिँदैछ धरान

धरानः धरानमा धरान टेन के रन १३ औं नेवाः च्यारिटी २०२५ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
भोलि फेरि धरानेलगायत देशविदेशसम्मका प्रतिस्पर्धी दौडिँदैछन् । धरान रन समूहद्वारा आयोजना हुँदै आएको ‘धरान १० के रन, १३ औं नेवा च्यारेटी २०८१’ भोलि हुँदैछ ।
पत्रकार सम्मेलन गर्दै अध्यक्ष रोमु राईले प्रतियोगितामा देशविदेशका खेलाडीहरू सहभागी हुने जानकारी दिए । उनका अनुसार देशविदेशका करिब ४ हजार धावधाविका धरानमा सहभागी हुनेछन् । विगतको भन्दा भव्य र केही फरक गर्ने सोंचले यसपटक कार्यक्रम राखिएको उनले जानकारी दिए ।
प्रतियोगिताको खुल्ला तर्फको प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकहरुलाई जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार दिइने बताइएको छ ।
यसैगरी १२ वर्षमुनिका समूह, १२ देखि १६ वर्षसम्मका समूह र ४० वर्षदेखि माथिका भेट्रान समूहको दौडका विजेतालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति: फाल्गुन ९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend