धरानः धरानमा स्कुटी रोकेर चेकजाँच गर्दा लागूऔषध भेटेपछि दुईजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्कुटर चालक धरान उपमहानगरपालिका वडा नं. ११ बस्ने १९ वर्षीय योगेन राई र स्कुटर पछाडि सवार २१ वर्षीय खेम यादव रहेको प्रहरीले जनाएको छ ।
धरान–१७ सिमी चोकस्थित अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलीले धरानस्थित बीपी प्रतिष्ठानबाट सिमीचोकतर्फ जाँदै गरेको प्र.१–०२–०४० प ५६०४ नम्बरको स्कुटरलाई शंका लागि रोकी चेकजाँच गर्दा साथबाट लागूऔषध ट्रामाडोल ९०५ क्याप्सुल र स्पास्पेन ९०६ ट्याब्लेट गरी जम्मा १८११ ट्याब्लेटसहित फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।