Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पुर्खा दिवसमा दौड प्रतियोगिता हुने, धरान–२० सम्म दौडेर जित्नेले हङकङ जान पाउने

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०८१, आइतबार
धरानमा पुर्खा दिवसमा दौड प्रतियोगिता हुने, धरान–२० सम्म दौडेर जित्नेले हङकङ जान पाउने

धरान : धरानमा आयोजना हुँदै आएको गोर्खा ट्रेलब्लेजर रनको तेस्रो संस्करण आगामी चैत २ गते हुने भएको छ।
आयोजक गोर्खा सिमेट्रिज ट्रस्टका अध्यक्ष महेन्द्र राईका अनुसार विश्व शान्ति, वीर गोरखालीहरूको सम्मान र पुर्खा दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले पुर्खा दिवस अप्रिल ५ को अवसर पारेर यो दौड प्रतियोगिता सञ्चालन गरिन लागेको जानकारी गराए।
प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुने धावकधाविकालाई विशेष पुरस्कारको रूपमा सन् २०२६ मा हङकङमा आयोजना हुने गोर्खा ट्रेल रनमा सहभागी गराइनेछ। दौड प्रतियोगिताको मार्ग धरान-१८ रत्नचोकबाट सुरु भएर मङ्गलवारे, विष्णुपादुका हुँदै सर्दु खोलाको नयाँ पुल पार गरेर विष्णुपादुका स्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा १० किलोमिटर दूरी पूरा गर्दै समाप्त हुनेछ।
दौड प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै, विजेताहरूलाई प्रमाणपत्र र मेडल पनि दिइनेछ।
प्रतियोगिता अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुङ्गा निवासी हाल बेलटारमा बसोबास गर्दै आएका १०२ वर्षीय जीवित पूर्व ब्रिटिस गोर्खा सैनिक दल बहादुर राईलाई विशेष सम्मान गरिनेछ। त्यस्तै, धरान रत्नचोक निवासी ज्येष्ठ नागरिकलाई समेत सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
गोर्खा सिमेट्रिज ट्रस्टको स्थापना सन् २००६ मा हङकङमा भएको भए पनि नेपालमा भने सन् २०१८ मा गोर्खा सिमेट्रिज दृष्ट नेपालको स्थापना गरिएको थियो।
संस्थाले आफ्नो स्थापनाकालदेखि नै पुर्खा दिवसको अवसरमा साहित्यिक गोष्ठी, जीवित वीर गोर्खा सैनिकहरूको सम्मान कार्यक्रम गर्दै आएको छ।
सन् २०२३ देखि धरान-१८ वडा कार्यालयसँगको सहकार्यमा गोर्खा ट्रेलब्लेजर रनको सुरुवात गरिएको अध्यक्ष राईले जानकारी गराए।

प्रकाशित मिति: फाल्गुन ११ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend