Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको तीनकुनेमा प्रहरीलाई छल्दै हिँडेका युवा सवार मोटरसाइकल दुर्घटनामा, पछ्याउँदै प्रहरीले गाँजासहित समात्यो युवा

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०८१, मंगलबार
धरानको तीनकुनेमा प्रहरीलाई छल्दै हिँडेका युवा सवार मोटरसाइकल दुर्घटनामा, पछ्याउँदै प्रहरीले गाँजासहित समात्यो युवा

धरानः धरान प्रहरीले तीनकुनेदेखि पछ्याउँदै सेउतीमा पुगेर गाँजासहित युवा पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका वडा नं. ८ तीनकुने चोकस्थित अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी गस्ती टोलीले धरानबाट इटहरीतर्फ जाँदै गरेको बा८३प २९०४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्न खोज्दा नरोकी भागेको थियो ।
शंका लागेर पिछा गर्दै जाने क्रममा सेउती पुल छेऊमा सो मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा लडेको अवस्थामा फेला परेको थियो ।
मोटरसाइकल चालक फरार रहेको र सो मोटरसाइकलको पछाडि सवार जिल्ला धनकुटा सहिदभूमी गाउँपालिका वडा नं. २ बस्ने २१ वर्षीय सुरेश शिवालाई पक्राउ गर्दा निजको साथमा रहेको २ (दुई) वटा जेब्रा झोलाहरु चेकजाँच गर्दा झोलाभित्र सेतो प्लाष्टिकले प्याक गरेको अवस्थामा लागूऔषध गाँजा २९ केजी फेला परेको प्रहरीले जनाएको छ ।
शिवा र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको र चालकको को हुन् भन्ने खुलिसकेकोले उनको खोजी कार्य तीब्र भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १३ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend