Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको लिवर्टी स्कुलले इन्जिनियरदेखि एयरहोस्टेजसम्म बनेका पूर्व विद्यार्थीलाई सम्मान (५८ तस्वीरहरुसहित)

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०८१, मंगलबार
धरानको लिवर्टी स्कुलले इन्जिनियरदेखि एयरहोस्टेजसम्म बनेका पूर्व विद्यार्थीलाई सम्मान (५८ तस्वीरहरुसहित)

धरानः धरान–११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलको १८ औं अभिभावक दिवस सम्पन्न भएको छ ।
मंगलबार स्कुल प्राङ्गणमा आयोजित कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद विजय राई रहेका थिए । विद्यालय परिसरमा अभिभावकहरुको समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो विशेष अतिथि रहेका थिए ।
शिक्षा क्षेत्रमा लिवर्टी स्कुलले पुरयाएको योगदानको चर्चा गर्दै स्कुलले अतिरिक्त क्रियाकलाप साथै गुणस्तरीय शिक्षा प्रदान गर्न तल्लिन रहेको निर्देशक तेजमान लिम्बूले जानकारी दिए ।
अभिभावकलाई मनोरञ्जन प्रदान गर्न र विद्यार्थीहरुका प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल भगत लिम्बूले बताए । कार्यक्रममा विद्यार्थीले आकर्षक नृत्य, गीत पस्किनुका साथै नाटक समेत प्रदर्शन गरेर अभिभावकलाई भरपुर मनोरञ्जन दिए ।
डाक्टर, इन्जिनियरदेखि एयरहोस्टेज बन्नेसम्मलाई सम्मान
कार्यक्रममा स्कुलले पूर्व विद्यार्थीलाई पनि विशेष सम्मान गरेको छ । सम्मानित हुनेहरुमा क्रिष्टिना राई एमबिबिएस, सावित्रि झा एयर होस्टेज, अमिशा मास्के सिएसआइटी, मोनिका प्रधान विएस्सी नर्सिङ, मेरिलुङ लिम्बू एमटेक अध्ययनरत हात्तिसार, सुमन लिम्बू इलेक्ट्रोनिक्स इन्जिनियर क्यानडा, मौसमी कार्की सञ्चारकर्मी, अन्जना हुक्पाचोङवाङ विएस्सी नर्सिङ अमेरिका रहेका छन् । विद्यार्थीसँगै उपस्थित अभिभावकहरुलाई समेत सम्मानपत्रले सम्मान गरिएको थियो ।
सम्मानित विद्यार्थीहरुलाई कोशी प्रदेशका सांसद कार्यक्रमका प्रमुख अतिथि विजयकुमार राई, स्कुलका निर्देशक तेजमान लिम्बू, प्रिन्सिपल भगत लिम्बूले सम्मान पत्रले सम्मान गरेका थिए । निर्देशक लिम्बूले विद्यार्थीहरुमा प्रोत्साहन होस् भनेर नयाँ थालनी गर्दै सम्मान गरिएको बताउँदै आगामी दिनहरुमा पनि अन्य विद्यार्थीहरुलाई सम्मान र प्रोत्साहन गर्दै जाने समेत बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद राईले शिक्षा क्षेत्रमा लिवर्टीको योगदान रहेको बताए । उनले अहिले नेपालमा केही छैन भन्ने भाष्य सिर्जना भइरहेको भन्दै दुःख व्यक्त गरे ।
कार्यक्रममा प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरे हिविस्कस बोर्डिङ स्कुलका निर्देशक गंगाराम राई, देउराली चिल्ड्रेन एकेडेमीका निर्देशक पृथ्वी राईका मगरलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: फाल्गुन १३ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend