धरानः धरानमा लागूऔषधसहित युवायुवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ का २६ वर्षीय गणेश राई, २५ वर्षीया भीमकुमारी विश्वकर्मा र ३० वर्षीय आशिष खातीलाई ट्रमानिल–११ सय ९४ क्याप्सुल, स्पासपेन–१४ सय ९० ट्याब्लेट, स्पासरेष्ट–७, डेकोलिक –११ सय ७५ र मेडोमोल–८ चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान उपमहानगरपालिका–२ स्थित वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेको उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।