Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘यौनधन्दा’ को सुइँको, प्रहरी पुग्दा भागाभाग, भवनबाट हामफाल्दा एक युवती घाइते, होटलमा छापा, १० जना समातिए

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०८१, मंगलबार
धरानमा ‘यौनधन्दा’ को सुइँको, प्रहरी पुग्दा भागाभाग, भवनबाट हामफाल्दा एक युवती घाइते, होटलमा छापा, १० जना समातिए

धरानः धरानमा अनैतिक क्रियाकलाप गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान–३ माछाभौडीस्थितमा रहेको ‘लालीगुँरास होटल’ मा यौनधन्दा भइरहेको सुइँको पाएपछि प्रहरी पुगेको र उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । पक्राउ पर्नेहरू, धरानकै अधिकांश छन् । त्यस्तै, अन्य जिल्ला ताप्लेजुङ र भोजपुरका युवा समेत अनैतिक क्रियाकलापको आरोपमा पक्राउ छन् ।
पक्राउ पर्नेहरु २० वर्षीया दुई युवती, २६ वर्षीया युवती र ३८ वर्षीया महिला, २६ वर्षदेखि ३८ वर्षसम्मका पुरुष छन् । उनीहरु अधिकांश धरान निवासी नै हुन् भने एकजना भोजपुर, अर्काजना ताप्लेजुङका पुरुष छन् भने इटहरीकी २६ वर्षीया युवती छिन् ।
होटलमा चेकजाँच गर्ने क्रममा सो होटलको एकतल्ले भवनबाट हाम फालेर भाग्ने क्रममा लडेर एकजना युवती घाइते समेत बनेको उनले जानकारी दिए । धरान–१५ की २६ वर्षीया युवती होटलबाट भाग्ने क्रममा भवनको एकतल्लामाथिबाट हाम फालेको लड्न पुगेको र घाइते बनेको उनको भनाइ छ । उनको धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा उपचार भइरहेको उनले जानकारी दिए । उनको अवस्था सामान्य रहेको र दाहिने हात फ्याक्चर भएको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि बेश्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ । उनका अनुसार होटलमा युवायुवती जम्मा भई यौनजन्य क्रियाकलापमा संलग्न हुने गरेको प्रहरीको दावी छ ।
सो होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीले केही दिनदेखि निगरानी गरी विशेष सूचनाको आधारमा छापा मारेको थियो । पक्राउ परेकाहरुविरुद्ध कानुनबमोजिम आवश्यक कारवाहीका लागि अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय धरान तथा आसपासमा क्षेत्रमा यौनधन्दा न्यून हुने भएको प्रहरीले जनाउँदै आएको छ । तर, पनि बेलाबेलामा घटना दोहोरिने गरेका छन् । प्रहरीले कडाइ गर्न छाडे पुनः यौनधन्दा मौलाउने हुँदा जाँच भने रोकेको छैन ।
यसअघि पनि प्रहरीले विभिन्न होटलबाट यस्ता क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गर्दै आएको छ । तर पक्राउ परेलगत्तै छुट्ने हुँदा यस्ता गतिविधि नियन्त्रण नभएको सरोकार भएकाहरु बताउँछन् । धेरै होटलले काम गर्न भनेर राख्ने तर यौनधन्दा गर्न बाध्य पार्ने गरेका छन् भने कतिपय युवती बढी पैसाको प्रलोभनमा परेर यस्तो धन्दामा फस्ने गरेको प्रहरीको अनुसन्धानले बताएको छ । प्रहरीले यस्ता क्रियाकलाप निस्तेज पार्न सक्रियताका साथ लागिपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २७ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend