Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बजारे झोलामा लागूऔषध भेटेपछि युवाले पोल खोल्दा दुई युवा समातिए

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०८१, मंगलबार
धरानमा बजारे झोलामा लागूऔषध भेटेपछि युवाले पोल खोल्दा दुई युवा समातिए

धरानः धरानमा लागूऔषधसहित दुईजना युवा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा न.२ स्थित वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी गस्ती टोलीले ती युवालाई प्रमाणसहित पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिका वडा नं.५ बस्ने १९ वर्षीय सूर्य लिम्बूको शरीर कानुन बमोजिम तलासी लिँदा उनले बोकेको बजारे झोलाभित्र लागूऔषध भेटेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
उनको साथबाट ट्रामोल–५०, ट्रामाडोल हाइड्रोक्लोरिड १०० ट्याब्लेट (१० पत्तामा) र नियन्त्रित औषधि स्पासपेन लेखिएको १० पत्तामा १०० ट्याब्लेट फेला परेको उनको भनाइ छ ।
उनलाई प्रारम्भिक सोधपुछ गर्दा बरामद लागूऔषध धरान–५ बस्ने निकेश लिम्बूसँग मिलेर खरिद बिक्री बितरण गर्छौ भनेर उनले पोल खोलेपछि निकेशलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निकेशको घरमा पुगी घरकोठा खानतलासी गर्दा कोठाबाट लागूऔषध ट्रामोल, ट्रामाडोल हाइड्रोक्लोरिड ३ हजार १९० ट्याब्लेट, नियन्त्रित औषधि स्पासपेन ५ सय २ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २७ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend