Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजमा फुड फेस्टिबल (३८ तस्वीरसहित)

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०८१, बुधबार
धरानको युएन, नवोदय कलेजमा फुड फेस्टिबल (३८ तस्वीरसहित)

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा फुड फेस्टिबलको आयोजना भएको छ ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । फेस्टिबलमा विद्यार्थीले किराती परिकारदेखि २० भन्दा परिकार चखाएको कलेज होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले जानकारी दिए । विद्यार्थीले नेपाली र विदेशीसहित किरातीदेखि विभिन्न जातजातिका परिकार, खाना, धराने मःम, थुक्पाको परिरकार साथै अन्तर्राष्ट्रियस्तरका परिकारसमेत चखाएको उनको भनाइ छ ।
होटल म्यानेजमेण्टको विद्यार्थीको क्षमता, प्रतिभा प्रदर्शन गर्न फेस्टिबलको आयोजना गरिएको उनले जानकारी दिए । उनका अनुसार फेस्टिबलले खाना पकाउनेमात्रै होइन बेच्ने कलासम्मको ज्ञान मिलेको छ । अध्ययनका क्रममा आफूहरुले सिकेका ज्ञान प्रयोग गरी बनाइएका परिकार र डिजाइनहरू प्रदर्शनीमा राखिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । फेस्टिबलका लागि विद्यार्थी आफैंले परिकार पकाउने र पस्कने गर्दा उनीहरुमा थप क्षमता अभिवृद्धि हुने उनी बताउँछन् । फुड फेस्टिबलबाट भविष्यमा आफैंले कुनै व्यवसाय गर्न वा जागिर खानका लागि व्यवहारिक ज्ञान आर्जन गर्न सक्ने उनले बताए ।
कलेजमा होटल म्यानेजमेण्ट, बिएचएमका साथै म्यानेजमेण्ट, कम्प्युटर साइन्स, साइन्स, बिबिएसको अध्ययन अध्यापक हुँदै आएको छ । कलेज नतिजामा पनि उत्कृष्ट नै छ । क्याम्पस प्रमुख तुम्बापोका अनुसार विद्यार्थी नेपाल ‘सेकेण्ड टप’ देखि वर्षेनी प्रदेश प्रथम समेत हुँदै आएकोले आफूहरुले गरेको लगानी सही सावित हुँदै आएको छ ।

प्रकाशित मिति: फाल्गुन २८ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend