Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हिँड्दै गरेका युवा ब्राउनसुगरसहित समातिए, होटलमा एक व्यक्ति अचेत अवस्थामा फेला

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०८१, बिहिबार
धरानमा हिँड्दै गरेका युवा ब्राउनसुगरसहित समातिए, होटलमा एक व्यक्ति अचेत अवस्थामा फेला

धरानः धरानमा हिँड्दै गरेका युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
बाटो हिँड्दै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगर फेला परेको अस्थायी प्रहरी चौकी अमरहाट धरान–१३ का प्रहरी सहायक निरीक्षक विन पाण्डेले जानकारी दिए । पक्राउ पर्नेमा धरान–१३ का २४ वर्षीय धने राई रहेको उनले जानकारी दिए ।
धरान उप–महानगरपालिका वडा नं.१३ जिरोप्वाइन्टस्थित कोशी लोकमार्गमा चेकिङ खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भानुचोकबाट जिरोप्वाइन्टतर्फ पैदल हिँड्दै गरेको राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लिसाइलो पदार्थ प्लास्टिकभित्र १३ पोका (नापतौल गर्दा १ ग्राम २२० मिलिग्राम) ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि इलाका प्रहरी कार्यालय धरानमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धरानः धरानमा हिँड्दै गरेका युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
बाटो हिँड्दै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगर फेला परेको अस्थायी प्रहरी चौकी अमरहाट धरान–१३ का प्रहरी सहायक निरीक्षक विन पाण्डेले जानकारी दिए । पक्राउ पर्नेमा धरान–१३ का २४ वर्षीय धने राई रहेको उनले जानकारी दिए ।
धरान उप–महानगरपालिका वडा नं.१३ जिरोप्वाइन्टस्थित कोशी लोकमार्गमा चेकिङ खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भानुचोकबाट जिरोप्वाइन्टतर्फ पैदल हिँड्दै गरेको राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लिसाइलो पदार्थ प्लास्टिकभित्र १३ पोका (नापतौल गर्दा १ ग्राम २२० मिलिग्राम) ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि इलाका प्रहरी कार्यालय धरानमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान उपमहानगरपालिका–८ का २३ वर्षीय कुविर राई र २१ वर्षीय समिर राई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । को२३प ४१ नम्बरको स्कुटरमा सवार उनीहरुलाई विराटनगर महानगरपालिका–५ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो ।
यसैबीच धरानमा एक् भारतीय नागरिक अचेत अवस्थामा फेला परेका छन् ।
धरान उपमहानगरपालिका ७ स्थितमा रहेको होटल डि रत्नमा भारत नादेड घर भई होटलमा बसिरहेका ४९ वर्षीय राज रुपेश पण्डित विगत दुईदिनदेखि होटलको ढोका नखुलेको भनी होटलका सञ्चालक नविनकुमार श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।
होटल सञ्चालक, स्थानीय भद्र भलादमी, बुद्विजिवी, समाजसेवी र प्रहरी समेत पुगेर ढोका फोडी हेर्दा उनी अचेत अवस्थामा फेला परेको प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीले जानकारी दिए । उनी कोठाको भुइँमा अचेत अवस्थामा लडिरहेको फेला परेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको थियो । उनको बोल्न नसक्ने र गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी के कामले धरान बसिरहेका थिए भन्नेबारेमा केही नखुलेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २९ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend