धरानः धरानमा धारिलो हतियार खुकुरी प्रहार गर्ने बाबुछोरा पक्राउ परेका छन् ।
धारिलो हतियार प्रहार गर्ने ५९ वर्षीय हिरालाल विश्वकर्मा र उनका छोरा २५ वर्षीय हस्तबहादुर विश्वकर्मा खुकुरीसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको प्रहरी सहायक निरीक्षक निलम चौधरीले जानकारी दिए ।
धरान उपमहानगरपालिका १९ खिमदिङ बस्ने ४३ वर्षीय मिलन थापा मगरलाई खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी विवाद बढ्दै जाँदा उनीहरुले मगरमाथि खुकुरी प्रहार गरेका थिए । घाइते मगरको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मगरको बायाँ गाला र टाउको काटिएको चोट छ ।