Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हवाइफायर गरी गाँजासहित समात्ने प्रहरी सर्वोत्कृष्ट

हाम्रो कोशी आवाज
चैत्र ८ २०८१, शुक्रबार
धरानमा हवाइफायर गरी गाँजासहित समात्ने प्रहरी सर्वोत्कृष्ट

धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानमा कार्यरत प्रहरी हवल्दार हेमराज सुवेदीलाई फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ ।
विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी हवल्दार सुवेदीले फागुन २२ गते धरान उपमहानगरपालिका २० स्थित जंगलमा चेकजाँचको क्रममा भारी बेकेका भरियाहरु शंकास्पद अवस्थामा आउँदै गरेको अवस्थामा रोक्न खोज्दा भरियाहरु भारी छोडी जंगलतर्फ भाग्ने क्रममा तीन राउण्ड हवाई फायर गरी २२५ किलोग्राम लागूऔषध गाँजासहित मानिस नियन्त्रणमा लिन सफल भएका थिए ।
यसअघि ९ वटा बोरामा प्लास्टिकसहित २ सय ३० केजी र प्लास्टिकबाहेक २ सय २५ केजी गरी जम्मा ४ सय ५५ केजी लागूऔषध गाँजासहित ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ परेका थिए । विष्णुपादुकाबाट रेल्वेतर्फ आउने जंगलको भित्री पैदल बाटो हुँदै भरियाहरू आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्न खोज्दा निजहरुले बोकेको भारीहरु प्रहरीले देख्नासाथ जंगलतर्फ भागेका थिए ।
भाग्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिन प्रहरी टोलीले टाइप ५४ पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । हवाइ फायर गर्दा अन्य भागेको र हरिकुमारलाई भने नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
हरिकुमारलाई नियन्त्रणमा लिई साथमा बोकी ल्याएको बोरा खोली चेकजाँच गर्दा ९ (नौ) वटा बोरामा प्लास्टिक सहित २३० (दुई सय तीस) के.जी. र प्लास्टिक बाहेक २२५ (दुई सय पच्चिस) के.जी. लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ८ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend