Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सिटी सफारीमा लागूऔषध भेटियो र ब्राउन सुगरसहित युवा पक्राउ, चौरीको पुच्छरसहित गाडी नियन्त्रणमा

हाम्रो कोशी आवाज
चैत्र १० २०८१, आइतबार
धरानमा सिटी सफारीमा लागूऔषध भेटियो र ब्राउन सुगरसहित युवा पक्राउ, चौरीको पुच्छरसहित गाडी नियन्त्रणमा

धरानः धरानमा लागूऔषधसहित युवा पक्राउ परेका छन् ।
धरान-१३ सुम्निमा चोकमा सिटी सफारीको डिकीभित्र लुकाइ ल्याएको लागूऔषधसहित धरान–१ लक्ष्मीचोक बस्ने २० वर्षीय किसन थापा पक्राउ परेको प्रहरी हवल्दार हेमराज सुवेदीले जानकारी दिए ।
चेकिङ टोलीले प्र १–०२–००३ ह ३५४४ नम्बरको सिटी सफारी शंका लागेर चेकजाँच गर्ने क्रममा सिटीको डिकि भित्र लुकाई छुपाई राखेको अवस्थामा लागूऔषध ट्रामाडोल ११० क्याप्सुल, प्रतिबन्धित औषधी स्पासपेन १११ ट्याब्लेट फेला पारेको उनले जानकारी दिए ।
यस्तै, धरान उपमहानगरपालिका–१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा २९ वर्षीय कमल शाक्यलाई पनि पक्राउ गरेको छ ।
प्रतिबन्धित औषधि ट्रामोल–१ हजार ५० क्याप्सुल र धरान–११ का २१ वर्षीय कमलहाङ राईलाई लागूऔषध ब्राउन सुगर १०० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, धरानमै प्रहरीले चौरीको पुच्छरसहितका गाडी नियन्त्रणमा लिएको छ । धरान–१३ अमरहाटस्थितमा कोशी राजमार्ग सड्क खण्डमा अस्थायी प्रहरी पोष्ट अमरहाटबाट प्रहरी सहायक निरीक्षक रविन पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा धरान आउँदै गरेको भे१ज ८४२ नम्बरको भाडाको टाटा सोमो गाडी चेकजाँच गर्दा भन्सार बिल अनुसार सो गाडीमा ५ सय वटा चौरीको पुच्छर फेला परेको हुँदा गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १० २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend