धरानः धरानमा कैची र ढुंगा प्रहार गर्ने युवा पक्राउ परेका छन् ।
कैंची र ढुंगा प्रहारबाट दुईजना घाइते समेत भएका छन् । धरान–१६ धरान–१६ नौलो वस्ती बस्ने ५८ वर्षीय विशाल राई र सोही स्थानका २१ वर्षीय अनमोल सिंहले सोही स्थानका दुई व्यक्तिलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
२९ वर्षीय अमर राई र २७ वर्षीय विष्णु सुब्बासँग वादविवाद भई झै–झगडा हुँदा कैची र ढुङगाले प्रहार गर्दा ती दुई व्यक्ति घाइते बनेका थिए । उनीहरूको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न विशाल पक्राउ परेपनि अनमोल फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए ।