Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा ब्राउनसुगर र लागूऔषधसहित समातिए, गाँजा ओसार्ने टेम्पो र गाँजासहित चालक पनि पक्राउ

हाम्रो कोशी आवाज
चैत्र १४ २०८१, बिहिबार
धरानका युवा ब्राउनसुगर र लागूऔषधसहित समातिए, गाँजा ओसार्ने टेम्पो र गाँजासहित चालक पनि पक्राउ

धरानः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
ब्राउन सुगर ५ ग्रामसहित धरान–१३ का ३५ वर्षीय राजकुमार राईसहित मोरङ उर्लाबारी–२ का ३१ बर्षीय संदिप कटुवाललाई ३ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–१७ का २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राईलाई ट्रामाडोल ३९७ क्यापसुल र स्पास्पेन ७ ट्याव्लेटसहित पक्राउ गरेको छ ।
लागुऔषध गाँजा बोकेको अटो टेम्पोसहित चालक पक्राउ

यस्तै, धनकुटाको शहिदभूमी गाउँपालिका–१ बाट लागूऔषध गाँजा बोकेको अटो टेम्पोसहित ओसारपसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को१ह ९१३३ नम्बरको अटो टेम्पोमा ७ वटा बोरामा लोड गरी लाँदै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद भएसँगै अटो टेम्पो र ओसार पसारमा संलग्न रहेका चालक शहिदभूमी–१ का २५ वर्षीय अभिषेख विक समेतलाई पक्राउ गरेको छ । गाँजासहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १४ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend