Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-५ मा सिसौघारीमा महिला मृत भेटिइन्

हाम्रो कोशी आवाज
चैत्र १५ २०८१, शुक्रबार
धरान-५ मा सिसौघारीमा महिला मृत भेटिइन्

धरानः धरान–५ मा एक महिला मृत फेला परेकी छिन् ।
धरान–५ अँधेरी खोलाको छेऊमा रहेको सिसौघारीमा धरान–५ आँपटार बस्ने ७१ वर्षीया मनमाया राई मृत फेला परेको अस्थायी प्रहरी पोष्ट देउरालीका प्रहरी सहायक निरीक्षक विष्णकुमार राजवंशीले जानकारी दिए ।
प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend