धरानः धरान-१४ बाट एक युवती लागूऔषधसहित पक्राउ परेकी छिन् ।
धरान उपमहानगरपालिका १४ गणेशचोक बस्ने १८ वर्षीया आकृति परियार लागूऔषधसहित पक्राउ परेको अस्थायी प्रहरी पोष्ट विजयपुरका हवल्दार खेमराज श्रेष्ठले जानकारी दिए ।
लागूऔषध कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आकृतिको कोठाबाट लागूऔषध भेटेपछि उनलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनको कोठामा लागूऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधि स्पास्पेन ११७ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरान ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






