Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गोधुली कपः धरान–१५ फाइनलमा

हाम्रो कोशी आवाज
चैत्र १८ २०८१, सोमबार
धरानमा गोधुली कपः धरान–१५ फाइनलमा

धरानः २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडा उपाधि नजिक पुगेको छ । सोमबार बेलुकी धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ५ नं. वडालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा गोर रहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ५ नं. वडाका टेकराज लिम्बू र बिपुल मगर गोल गर्न चुकेपछि १५ नं. वडा विजयी भएको हो । १५ नं. वडाकालागी एरिक गुरुङ, मदन लाबुङ, आशुतोष राई र नगेन राईले गोल गरे । ५ नं. वडाका अमित विक र मन्दिप राईले मात्रै गोल गरे भने टेकराज लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो भने बिपुल मगरको प्रहार आकाशिएको थियो ।

निर्धारित समयमा उत्कृष्ट खेलेको ५ नं. वडाले स्कोर भने गर्न सकेन । ५ नं. वडाको आधा दर्जन फ्रिकिकको १५ नं. वडाका गोल किपर प्रविण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच १५ नं. वडाका सुगम जिमी घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।
फाइनलमा पुगेको १५ नं. वडाले प्रिक्वाटर खेलमा ८ नं. वडा र क्वाटर फाइनलमा १३ नं. वडालाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस्तै ५ नं. वडाले प्रि क्वाटरमा १६ र क्वाटर फाइनलमा ११ नं. वडालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
भोली सोमबार साँझ ७ बजे वडा नं. १७ र वडा नं. १४ बीच सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ । चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र १८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend