Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गोधुली कपः फाइनलका लागि चारपटक उपाधि जित्ने १७ र एकपटक उपाधि जित्ने १४ आमनेसामने

हाम्रो कोशी आवाज
चैत्र १९ २०८१, मंगलबार
धरानमा गोधुली कपः फाइनलका लागि चारपटक उपाधि जित्ने १७ र एकपटक उपाधि जित्ने १४ आमनेसामने

धरान २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज साँझ १४ नं. वडा र १७ नं. वडा धरान रंगशालामा आमने सामने हुदैछन् ।
यस अघि एक पटक गोधुलीको उपाधी जितेको १४ नं. वडा र यस अघि ४ पटक गोधुलीको उपाधि जितिसकेको १७ नं. वडाबीचको खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ । १७ नं. वडाका केही सिनियर खेलाडी बी डिभिजन लिग खेल्न काठमाडौमा नै रहे पनि अहिलेको युवा टिमले उत्कृष्ट खेल्दै आएको छ । २० नं. वडालाई ३–० ले र १८ नं. वडालाई पछि परेको स्थितीलाई उल्ट्याएर २–१ गोल अन्तरले पराजित गर्दै १७ नं. वडा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । १७ नं. वडाका स्ट्राइकर कृष्ण राई उच्च लयमा देखिएका छन् । उनले २० नं. वडा विरुद्ध २ र १८ नं. वडा विरुद्ध १ गोल गरेका छन् । त्यस्तै फरवार्ड सुशिल राई पनि फर्ममा देखिएका छन् । उनले १ गोल गरेका छन् भने गोल गर्ने अवसर सिर्जना गर्न उनि माहिर देखिएका छन् । त्यस्तै टोलीमा तपन कार्की, पासाङ तामाङ जस्ता प्रतिभावान् खेलाडी समावेश भएकोले १७ नं. वडा उपाधीको दाबेदार मानिएको छ ।
यता १४ नं. वडा समेत लयमा देखिएको छ । पहिलो खेलमा ९ नं. वडालाई २–१ र दोस्रो खेलमा ६ नं. वडालाई पनि २–१ गोल अन्तरले पराजित गर्दै १४ नं. वडाले सेमिफाइलनमा आफ्नो स्थान पक्का गरेको हो । १४ नं. वडाका स्ट्राइकर आशिष पुरी उच्च लयमा देखिएका छन् । उनले प्रतिष्पर्धात्मक भएको ६ नं. वडा विरुद्ध दुवै गोल गरेका थिए । त्यस्तै निमेश तामाङ, रञ्जीत क्षेत्री जस्ता फास्ट फरवार्डले टोलीलाई बलियो बनाएको छ । दिपेश बस्नेत, विवेक राई, सुशन तामाङ जस्ता भरपर्दा डिफेन्सलाई बिट गर्न १७ नं. वडालाई कठिन हुने देखिएको छ ।
आज मंगलबार साँझ ६ः३० बजे धरान रंगशलामा हुने यी दुई टोलीबीचको खेलको विजेताले फाइनलमा १५ नं. वडासँगको भेट पक्का गर्नेछ भने उपाधी जित्ने अवसर समेत पाउनेछ ।

प्रकाशित मिति: चैत्र १९ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend