Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा घरको कोठा र ब्याग झोलामा लागूऔषध भेटेपछि युवा समातिए

हाम्रो कोशी आवाज
चैत्र २० २०८१, बुधबार
धरानमा घरको कोठा र ब्याग झोलामा लागूऔषध भेटेपछि युवा समातिए

धरानः धरानमा लागूऔषधसहित दुई युवा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय दीपेश लिम्बू र धरान–१६ पुलचोक बस्ने १८ वर्षीय सुमन श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटेको प्रहरीले लिम्बूको घर कोठाबाट लागूऔषध ट्रामाडोल ५१५ क्याप्सुल, डाइलोसिस २० लेखिएको ४६० ट्याब्लेट, प्रतिबन्धित औषधि स्पास्पेन ५ ट्याब्लेटसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, अस्थायी प्रहरी विट जोरसखुवाबाट प्रहरी हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा उनले पछाडि भिरेको कालो ब्यागबाट लागूऔषध ट्रामाडोल–५० लेखिएको २०७ क्याप्सुल र प्रतिबन्धित औषधि स्पासपेन २६० चक्कीसहित फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको बारेमा थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २० २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend