Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा शौचालय जान्छु भन्दै प्रहरीलाई झुक्याएर ‘टाप’ कसेपछि…

हाम्रो कोशी आवाज
चैत्र २२ २०८१, शुक्रबार
धरानका युवा शौचालय जान्छु भन्दै प्रहरीलाई झुक्याएर ‘टाप’ कसेपछि…

धरानः धरानका एक युवा फरार भएका छन् । ठगीको मुद्दामा यसअघि पक्राउ परेका थुनुवा धरान–१ घर भएका २५ वर्षीय धनबहादुर भुजेल इटहरीबाट फरार भएका हुन् ।
काठमाडौं लैजाँदै गरिएकाउनी शुक्रबार दिउँसो इटहरीबाट फरार भएका हुन् । इटहरीबाट दिउँसो ४ बजेतिर फरार भएको प्रहरीले जनाएको छ । तेह्रथुम प्रहरी प्रमुख डीएसपी लीलाराज लामिछानेका अनुसार भुजेलसहित तेह्रथुमको लालीगुराँस नगरपालिका–७ का ३२ वर्षीय डम्बरबहादुर लिम्बूविरुद्ध तेह्रथुमकै इलाका प्रहरी कार्यालय वसन्तपुरले ठगी मुद्दा चलाएको थियो ।
भुजेल र लिम्बू मिलेर दुइजनाको आठ लाख ५३ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दावी छ । एक जनाको छ लाख ६७ हजार र अर्का एक जनाको एक लाख ८६ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।
पीडितलाई पैसा बुझाएर मेलमिलाप भएपछि सरकारी वकिल कार्यालयले दुवै जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, फागुन २७ गते भोजपुरबाट पक्राउ परेका ठगी मुद्दाका अभियुक्त भुजेलविरुद्धको अर्को मुद्दा काठमाडौंमा रहेको खुलेपछि उनलाई काठमाडौं लैजान प्रहरीले इटहरी पुरयाएको थियो । आरोपित भुजेललाई काठमाडौं अदालतमा उपस्थित गराउनुपर्ने भएपछि तेह्रथुमबाट प्रहरीले काठमाडौं लैजाँदै गरेको डिएसपी लामिछाने बताउँछन् ।
सई नेत्रप्रसाद बाँस्तोला र हवल्दार नवीनकुमार रायले भुजेललाई सार्वजनिक सवारी साधनमा काठमाडौं लिएर जाँदै थिए । इटहरीबाट रात्रीकालीन बसमा लैजाने तयारीमा रहेको प्रहरीलाई झुक्याएर शौचालय जान्छु भन्दै हिँडेका उनी नभेटिएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरीलगायतका विभिन्न प्रहरी कार्यालयसँग समन्वय गरेर उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । भुजेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा १ लाख ९० हजार बिगो माग दाबीसहित ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । उनलाई अनलाइनमार्फत ठगी गरेको आरोपमा साइबर ब्यूरोले मुद्दा चलाएको र साइबर ब्यूरो बुझाउने तयारीका साथ प्रहरीले उनलाई लिएर हिँडेको थियो ।

प्रकाशित मिति: चैत्र २२ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend