Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रहरीले छापा मार्दा लागूऔषध फेला, कोठा र घारीमा लागूऔषध भेटेपछि युवा समातिए

हाम्रो कोशी आवाज
चैत्र २४ २०८१, आइतबार
धरानमा प्रहरीले छापा मार्दा लागूऔषध फेला, कोठा र घारीमा लागूऔषध भेटेपछि युवा समातिए

धरानः धरानबाट प्रहरीले लागूऔषधसहित ५ जना युवालाई पक्राउ गरेको छ ।
धरान वडा नं ९ बाट ४ जना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । वडा ९ बगैंचा लाइनमा शारदा राईको घरमा डेरा गरी बस्ने विजय साहको कोठामा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
वडा प्रहरी कार्यालय धरानको टोलीले लागूऔषध कारोबार गरिरहेको अवस्थामा चारजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक ३० वर्षीय विजय साह, २७ वर्षीय निरन्जन यादव, धरान वडा नं १० का २५ वर्षीय विशेष राई र वडा १७ का २६ वर्षीय निश्चल राई पक्राउ परेका छन् ।
उनीहरुको साथबाट स्पास्मो प्रोक्सिभन ८० ट्याब्लेट, ट्रामाडोल १४४० क्याप्सुल, स्कुफ ७ बोतल र नाइट्राजिपाम ७५ ट्याब्लेट वरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, शनिबार राति धरान–११ स्थित गैरीगाँउबाट १८ वर्षीय सुदीप राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लागूऔषध कारोबार भइरहेको गोप्य सुचनाको आधारमा उनलाई अस्थायी प्रहरी पोष्ट जोरसखुवाको टोलीले नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ ।
सुदीपलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा घारीमा लुकाइराखेको अवस्थामा नियन्त्रित क्याप्सुल कोलिवन ८०५ र लागूऔषध ट्रामाडोल ८०५ गरी कुल १६१० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: चैत्र २४ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend