Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बाटो हिँड्दै गरेका ५६ वर्षीय पुरुषको साथमा भेटियो लागूऔषध, बाटैबाट समातिए

हाम्रो कोशी आवाज
चैत्र २५ २०८१, सोमबार
धरानमा बाटो हिँड्दै गरेका ५६ वर्षीय पुरुषको साथमा भेटियो लागूऔषध, बाटैबाट समातिए

धरानः धरानमा लागूऔषध प्रयोगकर्ता बढेसँगै प्रहरीले पनि कडाइ गर्न थालेको छ ।
यसअघि दिनहुँजसो युवायुवती पक्राउ गरिरहेको प्रहरीले ५६ वर्षीय पुरुषको साथमा लागूऔषध फेला पारेपछि बाटैबाट पक्राउ समेत गरेको छ ।
धरान उपमहानगरपालिका वडा न.८ भोटेपुलस्थित अस्थायी प्रहरी बिट बरगाछीबाट प्रहरी सहायक हवल्दार नविन श्रेष्ठको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा पैदल हिँडिरहेका यात्री धरान उपमहानगरपालिका वडा नं. ८ बस्ने ५६ वर्षीय राजु क्षेत्रीको साथबाट लागूऔषध भेटेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले स्पास्मो प्रोक्जोभिन प्लस लेखिएको ५० क्याप्सुल भेटेको जनाएको छ ।
यस्तै, धरान–८ बस्ने नै बस्ने २९ वर्षीय सकुल अधिकारीको साथबाट लागूऔषध नै भेटेपछि उनलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट स्पास्मो पोक्जोभिन आर एगिक लेखिएको ७२ क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend