Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको जंगलमा महिलाको शव भेटियो

हाम्रो कोशी आवाज
चैत्र २५ २०८१, सोमबार
धरानको जंगलमा महिलाको शव भेटियो

धरानः धरानमा सामुदायिक जंगलमा एक महिलाको शव फेला परेको छ ।
धरान उपमहानगरपालिका–६ पाँचकन्या सामुदायिक वनमा नामथर, वतन नखुलेको शेवारिसे महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको पहिचान हुन सकेको छैन । सोमबार शव जंगलमा रहेको स्थानीयले थाहा पाएका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।
शव अत्यधिक सडिनसकेकोले पहिचान गर्न सकिने अवस्था रहेको रशवसँगै फेला परेका लत्ता–कपडा, घडीसमेत थप अनुसन्धानका लागि संकलन गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती महिलाको हत्या भएको हुनसक्ने आशंका गरिएकाले विभिन्न कोणबाट अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अर्धनग्न अवस्थामा रहेकाले घटना हत्या हो वा आत्महत्या हो भन्ने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । मंगोलियन वर्णकी, नाकमा नत्था लगाएको, कानमा टप लगाएकी, माथि सेतो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी, हातमा घडी र सेतो बाला लगकी, सेतो खैरो कलरको जुत्ता लगाएकी महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले शव पहिचानको लागि सम्पर्क नम्बर (जि.प्र.का. सुनसरीः– ९८५२०९०१२७, ९८५२०४१०६४, १०० इ.प्र.का. धरानः– ०२५–५७४५५५, ९८५२०९०१२६) समेत उपलब्ध गराएको छ ।

प्रकाशित मिति: चैत्र २५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend