धरानः धरान आउँदै गरेको यात्रुबाहक बसमा सवार महिला गाँजासहित पक्राउ परेका छन् ।
उनीहरु भेडेटार आइपुगेपछि पक्राउ परेको धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिकाका ४२ वर्षीया इन्दिरा राई र ४९ वर्षीय सीता कार्की रहेको उनले जानकारी दिए ।
प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । १–०२–००२ ज ४३२८ मा सवार भई धरानतर्फ आउँदै गरेकी राईलाई १० किलो गाँजा र अखुवाबाट धरान आउँदै गरेको प्र.१–०२–००१ ख ८५२९ नम्बरको यात्रुबाहक बसबाट १० किलो गाँजासहित कार्कीलाई पक्राउ गरेको हो । उनीहरु दुवैमाथि थप अनुसन्धान अघि बढाइएको डिएसपी खनालले जानकारी दिए ।