Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलमा अभिभावक दिवस भव्य, ६२ विद्यार्थी दीक्षित, अनि सियोन स्कुलले गुणस्तरीय शिक्षा दिएको पुष्टि गरयो (९७ तस्वीरसहित)

हाम्रो कोशी आवाज
चैत्र २७ २०८१, बुधबार
धरानको सियोन स्कुलमा अभिभावक दिवस भव्य, ६२ विद्यार्थी दीक्षित, अनि सियोन स्कुलले गुणस्तरीय शिक्षा दिएको पुष्टि गरयो (९७ तस्वीरसहित)

धरानः धरान-१६ स्थित सियोन स्कुलको अभिभावक दिवस, एसकेजीका विद्यार्थीको लागि आयोजित दीक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा एसकेजीका ६२ जना विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा तथा समन्वय इकाईका प्रमुख खगेन्द्रप्रसाद सुवेदी, प्रिन्सिपल तथा डाइरेक्टर थापा मगर, सहायक प्रिन्सिपल राकेश चौधरीले विद्यार्थीलाई दीक्षित गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा तथा समन्वय इकाईका प्रमुख सुवेदीले सियोनको गुणस्तरीय शिक्षाले आफूपनि प्रभावित भएको बताए । ‘यो स्कुलदेखि म पनि प्रभावित छु, गुणस्तरीय शिक्षाको लागि यो स्कुल अत्यन्तै राम्रो रहेको छ, क्वालिटी एजुकेशनमा यस स्कुलले कहिल्यै कम्प्रोमाइज गरेको छैन, विद्यालयले पढ्ने, पढाउने वातावरण सिर्जना गरिदिने रहेछ, त्यसैले अभिभावकहरु ढुक्क हुनुहोस्, मैले अनुभव गरेकै आधारमा बोलिरहेको छु ।’
उनले शिक्षा राज्यमन्त्री धनकुमारी विश्वकर्माले छोरीलाई कुन स्कुल पढाऔं भन्दा आफूले ज्ञानी र असल नागरिक बनाउने हो भने सियोन स्कुल पढाउन भनेको समेत बताए । ‘शिक्षा राज्यमन्त्रीको छोरीले सियोनमा पठनपाठन सिध्याएपछि शिक्षामन्त्रीले आफूले सही विद्यालय छानेको रहेछु भनेर आफूलाई भनेको समेत पाएँ’, उनले थपे । उनले सियोन स्कुलले विद्यार्थीको लागि हदैसम्मको प्रयास गरेको भन्दै प्रशंसा समेत गरे ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल सनेपाल सुरक्षा वेस क्याम्प धरानका सशस्त्र प्रहरी उपरीक्षक सञ्जीव पौडेलले स्कुल साथै अभिभावकले समेत ध्यान दिए विद्यार्थीको भविष्य उज्ज्वल हुने बताए ।
धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले सियोन स्कुलले प्रदान गर्ने गुणस्तरीय शिक्षाले विद्यार्थीको भविष्य बन्ने बताए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर थापा मगरले सियोन स्कुलले गुणस्तरीय शिक्षामा सक्दो जोड दिँदै आएको बताए । विद्यार्थी, अभिभावकको मिहिनेत, शिक्षकहरूको लगनशीलता र अथक प्रयासले स्कुलले सफलताको उचाइँ चुमेको बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र थापा, धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, स्कुलका पि.आर.ओ . मानबहादुर थापा मगर, मानबहादुर थापा मगर, फाइनान्स अधिकृत एल्कन मगर लगायतको समेत उपस्थिति थियो ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, कविता, नाटक साथै कराँते प्रदर्शन गरेर भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रमको सञ्चालन नेपाली विभागका शिक्षक सरोज राईले गरेका थिए ।
अध्यापकलाई अवार्ड
यसैबीच कार्यक्रममा १०० प्रतिशत उपस्थित अध्यापकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मिछेल राई, अनुप अग्रवाल र संगीता राई रहेका छन् ।
वर्ष विद्यार्थीलाई सम्मान
कार्यक्रममा ‘स्टुडेन्ट अफ दि इयर २०८१’ द्वारा कक्षा–१० की स्मृति राई, निनाम राई, कक्षा–१२ का एनुम्मा राई, युनिका भण्डारीलाई सम्मान गरिएको थियो । यस्तै, स्तरअनुसारको शीर्ष विद्यार्थी रिचेत शेर्पा, मिमांशु साहलाई पनि सम्मान गरिएको थियो ।
चीन भ्रमणमा जाने विद्यार्थी सम्मानित
यसअघि नै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको उपस्थितिमा चीन भ्रमणमा जान लागेका दुईजना विद्यार्थीलाई सम्मान गरिएको छ । यसैबीच बुधबार आयोजित कार्यक्रममा पनि उनीहरुलाई सम्मान गरिएको छ । चीन भ्रमणमा जान लागेका रोयन राई, आस्था कुलुङ राईलाई सम्मान गरिएको हो । सियोन स्कुलमा चाइनिज भाषा पढाइ हुने गरेको छ । शैक्षिक सत्र २०८१ देखि सो भाषाको पठनपाठन थालिएको हो । वर्षभरी नै चाइनिज भाषा पठनपाठन हुँदै आएको सहायक प्रिन्सिपल राकेश चौधरीले जानकारी दिए । चाइनिज प्रशिक्षक ल्याएर चाइनिज भाषा पठनपाठन गर्न थालिएको उनको भनाइ छ ।
अनि सियोन स्कुलले गुणस्तरीय शिक्षा दिन्छ भन्ने प्रमाणित गरयो
सियोन स्कुल धरानकै गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको उत्कृष्ट स्कुल हो । सियोन स्कुलबाट सहभागी विद्यार्थीले एसईईमा वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । अघिल्लो वर्षको मात्रै नतिजा हेर्ने हो भने ६३ जनामध्ये ६ जनाले ए प्लस र ४४ जनाले ए नतिजा ल्याएका छन् । स्कुलमा डिग्री पास गरेका २४ जनाभन्दा बढी शिक्षकहरू रहेका छन् । ‘अनुभवी शिक्षककै कारण पनि सियोन स्कुलले गुणस्तरीय शिक्षा दिन्छ भन्ने प्रमाणित गर्दछ ।’ डाइरेक्टर थापा मगर भन्छन् । उनले अनुभवी शिक्षक, बलियो भौतिक पूर्वाधार, अब्बल अभिभावकको पूर्ण सपोर्टले विद्यालयले प्रगति गर्न सकेको समेत बताउँछन् । उनले मानसिक, शारीरिक साथै भावनात्मकरुपमा विकासका लागि विद्यार्थीलाई सन्तुलित र गुणस्तरीय शिक्षा प्रदान गर्न हदैसम्मको कोसिस जारी रहेको समेत बताए ।
उनले एकेडेमिक रेकर्ड नै अत्यन्तै महत्वपूर्ण भएकोले यसतर्फ नै स्कुलको जोड रहेको भनाइ राखे । उनले विद्यार्थीलाई थप अब्बल बनाउन अतिरिक्त क्रियाकलापमा जोड दिन प्रशिक्षक नियुक्त गरिने समेत बताए । विद्यालयले हरेक दिन शिक्षकहरूसँग विद्यालयमा विद्यार्थीहरूको अध्ययन–अध्यापनमा नयाँ शैली र अनुभवहरूको साटासाट हुनुका साथै प्रतिक्रियासमेत लिने गरेको प्रिन्सिपल थापा मगर बताउँछन् ।
विद्यार्थीलाई शैक्षिक, व्यवहारिक र असल चरित्र सिकाउँदै आएको सियोन स्कुलमा कक्षा नर्सरीदेखि कक्षा–१२ सम्म पठनपाठन हुँदै आएको छ । जसअन्तर्गत हाल प्लस टुतर्फ विज्ञान, व्यवस्थापन, कम्प्युटर विज्ञान, होटल म्यानेजमेण्टको पठनपाठन हुँदै आएको छ । विद्यार्थीहरूलाई औपचारिक शिक्षा वा किताबी ज्ञानमात्र नभएर समाजको कुशल नागरिक बनाउन संस्कारको पनि शिक्षा दिने गरेको प्रिन्सिपल तथा डाइरेक्टर थापा मगर बताउँछन् ।
विद्यार्थीहरूलाई यातायातको सुविधाका लागि विद्यालयको आफ्नै ५ वटा बस सञ्चालन, स्वच्छ खानेपानी, ट्रससहितको ग्राउण्ड, बास्केटबल कोर्ट, क्यान्टिन, होस्टल, साइन्स ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, अडियो भिजुवल कक्षा, सेमिनार हल, नृत्य कक्षा आदि विद्यालयले सुविधा दिँदै आएको छ । शिक्षा क्षेत्रमा अनुभव सङ्गालेका समूहद्वारा सञ्चालित स्कुल २०६२ सालमा स्थापना भएको हो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र २७ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend