धरानः लागूऔषध ब्राउन सुगरसहित धरानका युवायुवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का २७ वर्षीय बुस्टन लिम्बू र धरान–११ की २५ वर्षीया संगीता तामाङ रहेको प्रहरीले जनाएको छ ।
ब्राउनसुगर ७ ग्राम ८ सय मिलिग्रामसहित पक्राउ गरेर सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुनसरीको कोशी गाउँपलालिका–१ स्थितमा भारतबाट नेपालतर्फ पैदल आइरहेका उनीहरु बाटैबाट समातिएका हुन् ।
यस्तै, धरान–८ का १९ वर्षीय समन न्यौपाने र १९ ववर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच सुनसरीको कोशी गाउँपालिका–१ स्थित सीमा इलाका वेलाहाबाट बिीबार रामधुनी नगरपालिका–२ धमौरा बस्ने २४ वर्षीय शिवशंकर चौधरीको साथबाट ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरी बल सक्रियतापूर्वक लागि परेको देखिएको छ ।
चैत महिनामा मात्र सशस्त्र प्रहरी बलले सुनसरीबाट २३ दशमलब ९३ ग्राम ब्राउन सुगर लागूऔषध गाँजा ६ केजी र स्पास्मो प्रोक्सिभन १२० ट्याब्लेटसहित १३ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।