Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अपडेटः धरानको जंगलमा मृत फेला प्रकरणः चारजना नियन्त्रणमा

हाम्रो कोशी आवाज
चैत्र २९ २०८१, शुक्रबार
अपडेटः धरानको जंगलमा मृत फेला प्रकरणः चारजना नियन्त्रणमा

धरानः धरानको पानबारी जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
महिलाको हत्यामा परिवारकै संलग्नता हुनसक्ने देखिएपछि अनुसन्धानका लागि चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले नियन्त्रणममा लिएकाहरूको प्रहरीले पहिचान भने खुलाएको छैन ।
सोमबार दिउँसो धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनभित्र बिहीबार मृत भेटिएकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको थियो ।
महिलाको पहिचान खुलेपछि प्रहरीले शुक्रबार बिहान अनुसन्धानका लागि चारजनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार चुनकुमारीको योजनाबद्ध रुपमा हत्या भएको देखिन्छ । धनकुटा घर भएपनि पछिल्लो २ वर्षयता उनी १३ वर्षीय छोरासँग इटहरीमा डेरा बस्दै आएकी थिइन् । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि कोरियामा छन् ।
प्रहरीका अनुसार जंगलमा महिलाको हत्यापछि लसुनेको रुखको फेदमा शवलाई अडेस लगाएर छाडिएको अवस्थामा फेला गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति: चैत्र २९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend