धरानः धरानमा पैदल हिँड्दै गरेका युवा २८ केजी गाँजासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं.११ बान डाँडा बस्ने ३४ वर्षीय भुपाल राई रहेको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका वडा नं. ११ हिमाली चोकस्थित भित्री सडक-खण्डमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेको अवस्थामा शंका लागेर कानुनबमोजिम चेकजाँच गर्दा धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.९ घर भई हाल धरान उपमहानगरपालिका वडा नं.११ बान डाँडा बस्ने राईले पछाडी पिठ्युमा बोकेको २ वटा कालो प्लाष्टिकमा प्याक गरेको पोकामा २८ (केजी) लागूऔषध गाँजा फेला परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजासहित नियन्त्रणमा लिई इलाका प्रहरी धरानबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।