Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ट्याङकरबाट ल्याएको पानी खाली गर्दैगर्दा चटयाङ लागेर दुईजना घाइते

हाम्रो कोशी आवाज
बैशाख १ २०८२, सोमबार
धरानमा ट्याङकरबाट ल्याएको पानी खाली गर्दैगर्दा चटयाङ लागेर दुईजना घाइते

धरानः धरानमा ट्याङ्करबाट पानी खाली गर्दा चट्याङ लागेर दुईजना घाइते भएका छन् ।
शनिबार बिहान एकैछिन परेको भारी वर्षासँगै चट्याङ पर्दा धरान–१९ का सौरिया राई, ट्याङ्करका सहचालक टेकबहादर श्रेष्ठ घाइते बनेको प्रहरीले जनाएको छ ।
धरान–१९ स्थित ड्रिमल्याण्ड होटलमा पानी लिएर आएको ट्याङ्करको पानी खाली गर्दैगर्दा उनीहरुमाथि चट्याङ लागेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
चट्याङ लाग्दा सौरिया राईको घाँटी, ढाडमा सामान्य पिलसिएको र टेकबहादुरको कान र गालामा पिलसिएको प्रहरीले जनाएको छ । धरानस्थित बीपी प्रतिष्ठानमा सामान्य उपचारपछि उनीहरु घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend