Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको आँपगाछीबाट अटोमा गाँजा ल्याउँदै गर्दा बाबुछोरासहित तीनजना बाटैमा समातिए

हाम्रो कोशी आवाज
बैशाख ३ २०८२, बुधबार
धरानको आँपगाछीबाट अटोमा गाँजा ल्याउँदै गर्दा बाबुछोरासहित तीनजना बाटैमा समातिए

धरानः धरानको आँपगाछीबाट गाँजासहित पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १३ आपगाछीस्थित अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको को२ह ४७३९ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा दुईवटा कालो ब्यागमा सेतो प्लास्टिकले प्याक गरेको १८ पोकामा १९ केजी लागूऔषध गाँजा फेला पारेपछि उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अटो चालक धरान उपमहानगरपालिका वडा नं.४ बस्ने ४८ वर्षीय जोकबहादुर राई, सोही अटोमा सवार उनका छोरा ३० वर्षीय सुमन राई, र धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.३ बस्ने ३६ वर्षीय सुरज लिम्बूसहितलाई नियन्त्रण लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान उपमहानगरपालिका–१७ का ४० वर्षीय राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० वर्षीय विकास भण्डारी र २३ वर्षीय सुसिल शेर्पालाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रकाशित मिति: बैशाख ३ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend