धरानः धरानका युवासहित ११ जना लागूऔषधसहित पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १० बस्ने वर्ष २७ को निरन श्रेष्ठको साथबाट लागूऔषध ब्राउन सुगर १२.७० मिलीग्राम, धरान–८ वर्ष ३४ को किशोरको साथबाट लागूऔषध ब्राउन सुगर ३.७०० ग्राम फेला परेको र धरान–८ बस्ने वर्ष २९ को सरोज विश्कर्माको साथमा केही फेला नपरेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–११ वानडाँडाबाट प्रहरी सहायक निरीक्षक संजीव अधिकारीको कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पैदलयात्री सोही स्थानका ३१ वर्षीय रोशन राई र धरान–१४ बस्ने ३७ वर्षीय मिमाहाङ लिम्बूलाई शंका लागी चेकजाँच गर्दा उनीहरुको साथ बाट लागूऔषध ट्रामोल ४० क्याप्सुल, नियन्त्रित औषधि कोलिवन ३० ट्याब्लेट फेला पारेपछि उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका वडा नं.१ पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ६ ढलान रोडमा चेकजाँच गर्ने क्रममा ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा रामधुनी नगरपालिका वडा नं. ५ झुम्का बस्ने २० वर्षीय करण चौधरी रहेका छन् । उनको साथबाट लागूऔषध ब्राउन सुगर २.३२० मिलीग्राम, इटहरी उपमहानगरपालिका वडा नं. ४ बुद्ध टोल बस्ने ४० वर्षीय पर्वत यादवको साथबाट लागूऔषध ब्राउन सुगर २.९४० मिलीग्राम, इटहरी उपमहानगरपालिका वडा नं .१ आँपगाछी बस्ने १९ वर्षीय रोमन चापागाईको साथबाट लागू औषध ब्राउन सुगर १.५१० मिलीग्राम, इटहरी उप–महानगरपालिका वडा नं. ७ हरियाली टोल बस्ने १९ वर्षीय मिलन तामाङको साथबाट लागूऔषध ब्राउन सुगर ३.२४० मिलीग्राम, मोरङको सुन्दरहरैंचा गाउँपालिका वडा नं.५ बस्ने ४२ वर्षीय प्रेमकुमार राईको साथबाट लागू औषध ब्राउन सुगर ३.६२० मिलीग्राम फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङकै सुन्दर हरैचा गाँउपालिका वडा नं.६ बस्ने २५ वर्षीय अनिल खवासको साथबाट लागूऔषध ब्राउन सुगर ०.९३० ग्राम, अजित श्रेष्ठको साथबाट लागूऔषध ब्राउन सुगर ४.२४० ग्राम, वडा नं.५ बस्ने ३१ वर्षीय दीपेश तामाङको साथमा केही फेला नपरेको प्रहरीले जनाएको छ ।