Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङले रुख काटेको आरोप लगाउँदै उजुरी

हाम्रो कोशी आवाज
बैशाख ५ २०८२, शुक्रबार
धरानका मेयर हर्क साम्पाङले रुख काटेको आरोप लगाउँदै उजुरी

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सामुदायिक वन क्षेत्रमा रुख काटेको भन्दै बेनामे उजुरी परेको छ ।
उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन समेत शुरु गरेको छ । फायरलाइन बनाउने भन्दै मेयर साम्पाङले धरान २० विष्णुपादुका सामुदायिक वनको जङ्गलमा रुख काटेको आरोप लगाउँदै बेनामे उजुरी परेको मेयर साम्पाङले नै फेसबुक लाइभमा समेत जनाएका छन् ।
मेसिन प्रयोग गरेर रुख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानविन थालेको जनाएको छ । साम्पाङले गएको चैत १९ गते मेसिन प्रयोग गरेर रुख काटेको उजुरी डिभिजन वन कार्यालय सुनसरीमा परेको छ । उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले तीन सदस्यीय छानविन समिति गठन गरेको विष्णुपादुका सव डिभिजन वन अधिकृत महेशकुमार शाहले जनाएका छन् । छानबिन समितिमा उनी संयोजक छन् । यस्तै, पञ्चकन्या सब डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे छानबिन समितिका सदस्य रहेको डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले बताएका छन् ।
उनले छानबिन समितिले स्थलगत छानबिन गरेर समितिको प्रतिवेदनको आधारमा अघि बढ्ने बताएका छन् । प्रमुख मियाँले वनक्षेत्रमा रुख काट्ने छुट कसैलाई नभएको बताएका छन् । विष्णुपादुका सामुदायिक वन उपभोक्ता समितिले नै त्यहाँ रुख काटेको जनाएको छ । उता मेयर साम्पाङले भने आफूले रुख नकाटेको दावी गरेका छन् । उनले फेसबुक लाइभमार्फत् विरुवा रोपौं भन्दै हिँड्ने मान्छेले कसरी रुख काट्न नसक्ने बताउँदै यो सबै राजनीतिक खेल भएको समेत बताएका छन् ।

प्रकाशित मिति: बैशाख ५ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend